सहकारी सञ्चालकलाई दुई दिने नेतृत्व बिकास तालिम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/साना किसान कृषि सहकारी सञ्जाल बाँकेको आयोजनामा दुई दिने क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम सम्पन्न भएको छ ।
बाँकेको खजुरामा साना किसान कृषि सहकारीका सञ्चालकहरुलाई सो तालिम प्रदान गरिएको हो ।

रनियाँपुर, खजुरा, सितापुर ३ सहकारीका २८ जना सहकारी सञ्चालकहरुको सहभागिता रहेको तालिममा नेतृत्व बिकास र क्षमता अभिबृद्धिका बिषयमा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाहले प्रशिक्षण दिएका थिए भने सहकारी ऐन, नियमको बिषयमा साना किसान लघु बित्तिय संस्था ईलाका कार्यालय नेपालगञ्जका प्रबन्धक शेर बहादुर चौधरीले प्रशिक्षण दिएका थिए ।

तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथी गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाहले सहकारीहरुले समाजको समृद्धिका लागि पुर्याएको योगादनको चर्चा गरे ।

सञ्जालका सचिव शिब कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा नवज्योती साना किसान कृषि सहकारी संस्था सितापुरका सञ्चालक समिति सदस्य खिमा ढकाल, हातेमालो साना किसान कृषि सहकारी संस्था रनियाँपुरका सञ्चालक समिति सदस्य प्रतिकृया मन्तव्य व्यक्त गरेका थिए ।

  • १० भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech