बिपन्न बालबालिकाहरुलाई सहयोग

असल शासन प्रतिनिधि

डडेल्धुरा/ डडेल्धुरा जिल्ला काे नवदुर्गा गाउँपालिका वडानम्बर २ बडम मा रहेको विपन्न, एकल, प्रभावित महिला तथा असाह बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

युनिसेफ नेपालको सहयाेगमा बास नेपालले सो आर्थिक सहयोग प्रदान गरेको हो ।

नवनिर्वाचित जनप्रतिनिधीहरुद्वारा वडा नम्बर २ मा रहेका विपन्न एकल महिला र बालबालिकाहरुलाई दिगो जिवीको पार्जन तथा बालबालिकाहरुलाई शैक्षिक सामाग्री खरिद गर्नका लागि आर्थिक सहयो प्रदान गरिएको हाे।

नवदुर्गा २ का एकजना महिला र ५ जना बालबालिकाहरू गरि जम्मा ६ जनालाई सहयोग गरिएको छ।

बास नेपालले दिगो जिवीको पार्जनका लागि सिप सिक्न चाहने तथा व्यवसाय गर्न चाहने हिंसा प्रभावित महिलाहरुलाई र विपन्न, एकल, हिंसा प्रभावित महिला र आमा बुवा गुमाएका टुहुरा शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित नहुन् भन्ने उदेश्यका साथ सो आर्थिक सहयोग प्रदान गर्दै आईरहेको छ ।

उक्त वडाका अध्यक्ष, सदस्य, वडा सचिव र बास नेपालका मनाेसामाजिक कार्यकर्ता र स्थानीयकाे सभागीतामा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

  • ११ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech