४२ जना प्रतियोगिलाई पछाडी पार्दै बझाङकि मनिषा प्रथम

असल शासन प्रतिनिधि

नेपालगन्ज । बास नेपाल बाके शाखा को आयोजनामा नेपालगन्जमा भएको एकल तिज नृत्य प्रतियोगितामा ४२ जना प्रतियोगिहरुलाई पछि पार्दै मोडल तथा कलाकार चैनपुर बझाङकि मनिषा सिङ ठकुरीले प्रथम स्थान हासिल गरेकी छिन।
महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा आयोजीत कार्यक्रममा दोश्रो स्थान बाँकेको कोहलपुरकि दिपा शाहीले प्राप्त गरेकी छिन भने तेस्रो स्थान रितिका बिष्टले हासिल गरेकी छिन् । यसैगरी प्रतियोगितामा सान्त्वन स्थान सुस्मिता सार्कीले हासिल गरेकी छिन।प्रतियोगितामा प्रथम हुने मनिषा सिंह ठकुरीले नगद १० हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन् । यसैगरी द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिहरुले क्रमशः ७ हजार, ४ हजार र २ हजार र प्रमाण पत्र हासिल गरेका छन् । बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र कार्यक्रमका अतिथि बासका संस्थापक सल्लाहकार रुद्र प्रशाद तिमिल्सिनाले बितरण गरेका थिए ।


नेपाल सरकार लुम्बिनी प्रदेश सभासद कृष्णा केसि नमुनाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा स्वागत बासका लेखा अधिकृत राष्टि बुढा मगरले गरेका थिए । बास बाँके शाखाका अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा भएको प्रतियोगितामा कलाकार सुन्दर गुरुङ, कमल बिके निर्मोही र निषु श्रीपाईलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई कदर पत्रद्धारा सम्मानीत गरिएको थियो । कार्यक्रमको सञ्चालन बासका केन्द्रीय सचिब दिला शाह र बासका कार्यक्रम सहायक अशोक रावलले गरेका थिए ।
प्रतियोगिता बास नेपाल बाँकेको शाखाको आयोजना तथा एचसिआरसी अस्पताल, सिटिजन बैंक लिमिटेड, नाईस नेपालगन्ज, सन लाईफ ईन्स्योरेन्स, अमृत बुक्स एण्ड स्टेशनरी गणेशमान चौक नेपालगन्ज, सिंह ज्वैलर्स, बब्लु आर्ट, ज्वती टेलर्स, डिजिटल बोर्ड सेन्टर, युवा घर, जय नेपाल ज्वैलर्स त्रिबेणीमोड नेपालगन्ज, सन्तोस ज्वैलर्स, दिदि बहिनी समाज, जयसवाल वाटर वल्ड एण्ड एमएस सप्लायर्स नेपालगन्ज लगायतको सहयोग तथा सहकार्यमा भएको थियो ।

  • १२ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech