काम गर्ने इच्छाशक्ति हुनेलाई वजेट खोज्दै हिड्नु नपर्ने

असल शासन प्रतिनिधि

कालिकोट/ खाँडाचक्र नगरपालीकाका मेयर कमलबहादुर शाहीले काम गर्ने इच्छा शक्ति भए बजेट माग्दै राजधानी धाउनु नपर्ने बताएका छन् ।

आइतबार सदरमुकाम मान्ममा युनेसेफ नेपालको सहयोगमा बास नेपालद्धारा आयोजित स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा शाहीले बजेट माग्दै प्रदेश र संघिय राजधानी नधाउने बताए । अव हामि सवैले जनश्रमदान गरेरै काम गछौँ उनले भने, “हामिलाई चाहिनेजती वजेट पालिकामा आएकै छ, यसमा अनियमितता र भष्टचार मात्र रोक्न सके वजेट माग्दैहिड्नु पर्दैन ।” अन्तरक्रियामा कार्यक्रमका सहभागि युवा तथा बालबालिकाले राखेको प्रश्नको जवाफ दिदै प्रमुख शाहीले ५० प्रतिशत जनश्रमदान गरेर नगरपालीको विकास गर्ने बताए । बजेट हामि संगै छ यसको सही ढंगमा कार्यान्वयन गर्न सके नगरपालीका कायापलट हुने शाहीको भनाइ थियो ।


कार्यक्रममा सहभागिहरुले स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा युवा र बालबालिकाको सहभागिता नहुने गरेको, लक्षित वर्गहरुलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रममा वजेट बिनियोजन नहुने गरेको, विद्यालयहरुमा खानेपानी, किशोरीहरुको लागि सेनीटरी प्याड र विश्राम कक्षको अभाव भएको लगायतका प्रश्न गरेका थिए । नगर प्रमुख कमल शाही, उपप्रमुख गणेश बहादुर शाही, निमित्त प्रमुख प्रशासकिय अधिकृत जसी प्रसाद चौलागाइ, वडा अध्यक्षहरु र शाखा प्रमुखहरुले सहभागिहरुको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा ४ बुदे प्रतिवद्धताको घोषणा गरिएको छ । घोषणा गरिएका प्रतिबद्धताहरुमा जनजीवन माबिमा एक हप्ताभित्र खानेपानीको ब्यवस्था मिलाउने, पालिका भित्र रहेका १० वटा माबिको स्थलगत अनुगमन गरी स्वास्थयकर्मि र विश्रामा कक्ष र सेनीटरी प्याडको ब्यवस्था मिलाउने, नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको पठनपाठनको समस्या, ब्यवस्थापनको समस्या कर्मिक रुपमा समाधान गर्दै लैजाने, स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा युवा र बालबालिकाको अनिवार्य सहभागिता गराउने रहेका छन् ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा बासका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले स्वागत संगै कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेका थिए ।

  • १२ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech