विपन्न बालबालिकालाई आर्थिक सहयोग

असल शासन प्रतिनिधि

कालिकोट जिल्लाको खााडाचक्र नगरपालिकाका १० जना पिपन्न बालबालिकालाई आर्थिक सहयोग गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो ।
खाँडाचक्र नगरपालिका वडा नम्बर १ का लक्ष्मण बिक, वडा नम्बर २ का, नारायण नेपाली, वडा नम्बर ३ का, भावना पाण्डे, वडा नम्बर ५ का खडक बिक, वडा नम्बर ६ का राधिका बिक, वडा नम्बर ७ का संकर शाही, वडा नम्बर ८ का बिमल बहादुर मल्ल, वडा नम्बर ९ का मनिषा अधिकारी, वडा नम्बर १० का कर्मा शाही र वडा नम्बर ११ का अनिता रोकायालाइ ३ हजार ५ सय नगद र झोला सहयोग गरिएको बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए ।

खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, उपप्रमुख गणेश शाही, सम्बन्धित वडाका वडाध्यक्ष र बासका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले उक्त सहयोग हस्तान्तरण गरेका थिए । अभिभावक गुमाएका र आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई पढाइमा सहयोग पुग्ने उद्देश्यले सहयोग गरिएको कार्यक्रम अधिकृत बोहराले जानकारी दिए ।

  • १२ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech