गोदावरीमा समन्वय बैठक

असल शासन प्रतिनिधि

धनगढी / कैलालीको गोदावरी नगरपालिकामा पालिका स्तरीय समन्वय बैठक भएको छ । कोभिड १९ विरुद्धको पुर्ण खोपयुक्त पालिका घोषणाका बिषयमा भएको समन्वय बैठकले नगरपालिकामा कोभिड १९ विरुद्धको खोप अभियानलाई तिव्रता दिने निर्णय गरेको छ । बैठकमा पहिलो चरणमा स्वयंसेवक परिचालन र महिला स्वास्थ्य स्वयसेविका परिचालन गरि घरधुरी सर्वेक्षण गर्ने, टोलटोलमा घुम्ती खोप सेवा सञ्चालन गर्ने र प्रचारप्रसार लाई तिव्रता दिने बिषयमा छलफल भएको छ ।
बैठकले गोदावरी नगरपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणाको लागि कार्यविधि तयार गरि अगाडि बढ्ने र खोप समन्वय समितिले सोही कार्यविधी तयार गर्ने निर्णय गरेको छ ।


यस्तै बैठकमा गोदावरी नगरपालिका प्रवक्ता गणेश दत्त भट्टले समुदायस्तरमा खोप अभियानलाई तिव्रता दिनुपर्ने बताएका थिए । उनले घरदैलो अभियानमा स्वयंसेवकहरु परिचालन गरि पुर्ण खोप अभियान लाई अगाडि बढाउनुपर्ने उनले धारणा राखेका थिए ।
गोदावरी नगरभित्रका हरेक नागरिकलाई खोपको सुनिश्चितता गरि टोलटोलमामा अभियानकै रुपमा सञ्चालन गर्नसके छिट्टै पुर्ण खोपयुक्त नगरपालिका घोषणा गर्न सकिने उनले बताए ।
बैठकमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थिले गोदावरी कोभिड १९ विरुद्धको खोपमा गोदावरी अन्य पालिका भन्दा अगाडि रहेको बताए । उनले हालसम्म पुर्णमात्रा शतप्रतिशत लगाइसकेको र बुस्टर मात्रा ३३ प्रतिशत खोप लागेको उनले जानकारी दिए ।
यस्तै सबै क्षेत्रको समन्वय र सहकार्यमा काम गर्नसके गोदावरीलाई छिट्टै पुर्ण खोपयुक्त पालिका घोषणा गर्न सकिने बताए ।
बैठकमा सामुदायिक अस्पताल मालाखेतिका मेडिकल सुपरिटेन्डेन्ट डा. अन्वेस कोइराला, पालिकाभित्रका १६ ओटै आधारभुत स्वास्थ्य संस्थाका इन्चार्ज, नगरपालिका स्वास्थ्य शाखा र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । युनिसेफ नेपालको सहयोगमा बास नेपालले आयोजना गरेको उक्त बैठक गोदावरी नगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो।

  • १३ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech