बाँकेका न्यायधिश अधिकारी बर्खास्त

असल शासन प्रतिनिधि

नेपालगञ्ज/न्याय परिषद्ले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यक्षमता अभाव भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा फैसलामा गडबडी गरेको पाइएपछि सुनुवाइको मौका दिएर बर्खास्तको निर्णय गरेको अदालतले जनाएको छ ।

यसअघि पनि न्याय परिषद्ले आधा दर्जन जति न्यायाधीशलाई बर्खास्त गरिसकेको छ ।

  • १५ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech