डाँगीलाई किरण प्रतिभा पत्रकारिता पुरस्कार

असल शासन प्रतिनिधि

नेपालगञ्ज/पत्रकार कमल डाँगिलाई किरण प्रतिभा पत्रकारिता पुरस्कार २०७९ प्रदान गरिएको छ ।

असल शासन मिडिया नेपालगञ्जले पत्रकार डाँगीलाई ११ हजार १ सय ११ रासिको सो पुरस्कार प्रदान गरेको हो ।

असल शासन साप्ताहिक र असल शासन डटकम सन्चालन गरिरहेको असल शासन मिडियाको साधारणसभामा सो पुरस्कार प्रदान गरिएको हो ।

असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्कीले स्थापना गरेको किरण प्रतिभा पत्रकारिता पुरस्कार कोषबाट पहिलो पटक सो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, मिडियाका अध्यक्ष नमस्कार शाह लगायतले डाँगिलाई कदर पत्र, पुरस्कार रकमको चेक प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले पत्रकारिताका माध्यमबाट समाजलाई अघि बढाउन अहोरात्र खटिने पत्रकारहरुको प्रशंसा गरे । उनले भने —सञ्चार माध्यमको खवरदारी बिना बिकास र परिवर्तन असम्भव छ ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपाध्यक्ष निरज गौतम, बरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बासका निबर्तमान अध्यक्ष रमेश सिटौलाले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मिडिया सञ्चालक समिति सदस्य मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य पुरण थारुले गरेका थिए भने पुरस्कारको घोषणा अध्यक्ष नमस्कार शाहले गरेका थिए । पुरस्कारका संस्थापक, मिडियाका प्रबन्ध निर्देशक किरण कार्कीले पुरस्कार स्थापना बारे बोलेका थिए ।

पुरस्कृत डाँगी २०६४ साल देखि पत्रकारितामा सक्रिय रहेका छन् । मध्यपश्चिम सन्देश दैनिकबाट पत्रकारिता सुरुवात गरेका उनले हाम्रो समाचार, सद्भाव दैनिक, आर्थिक अभियान, बुटवल टुडे लगायतका पत्रपत्रिकामा काम गरिसकेका छन् ।

अर्थपेज डटकमको सम्पादक÷प्रकाशक रहेका उनी आर्थिक क्षेत्रमा रिपोर्टिङ गर्दछन् । नेपालगन्ज उधोग वाणिज्य संघको प्रेस सल्लाहकार रहेका उनले नेपालगञ्ज उद्योग बाणिज्य संघबाट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । डाँगी नेपाल पत्रकार महासंघ बाँकेको सचिव समेत रहेका छन् ।

आजै सम्पन्न साधारणसभाको बन्दशर्तबाट आर्थिक, प्रगति प्रतिबेदन अनुमोदन हुनुका साथै बार्षिक कार्ययोजना स्विकृत गरेको छ ।

  • १७ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech