बिरेन्द्रनगरमा क्षमता अभिबृद्धि

असल शासन प्रतिनिधि

सुर्खेत / बालबालिका र किशोरीहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम बिरेन्द्रनगरमा सुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत शनिवबरदखि सो तालिम सन्चालन भएको हो ।
बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सञ्चालन भएको तालिम तालिममा नगरपालिको बिभिन्न वडाका २३ जना बालबालिका तथा किशोरीहरुको सहभागीता रहेको छ । बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले सन्चालन गरेको तालिमको उद्घाटन सत्रमा बास नेपाल सुर्खेत शाखाकी कोषाध्यक्ष भगवती बिसि ले स्वागत गरेकी थिईन ।


बास नेपाल कर्णाली प्रदेश सयोजक धिरेन्द्र कुमार शाहिको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य र तालिमको विषवस्तु वारे तालिमका प्रशिक्षक, बास नेपालका पुर्ब केनद्रीय अध्यक्ष मन भण्डारीले जानकारी गरेका थिए । तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारीले बाल अधिकारको अवधारण, बाल अधिकारका शिद्धान्त, बाल संरक्षण, बाल बिबाह, बाल सहभागिता लगायतको विषयमा प्रशिक्षण दिएका थिए । तालिम भाद्र २० गते सम्म सञ्चालन हुनेछ ।

  • १८ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech