नेपालगञ्जमा डेंगुको त्रास !

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय ब्यक्तिमा पनि डेंगु रोगको संक्रमण देखिएको छ ।

नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको छ । स्थानीयमा डेंगु देखिएपछि अन्य ब्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतम सहितको सहभागितामा वडा नम्बर ४ को कार्यालयमा आईतबार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक सहितको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले डंगुबाट नगरबासीर्ला जोगाउन सचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।

  • १९ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech