योजना तर्जुमामा बालबालिकाको सहभागिता अनिवार्य

असल शासन प्रतिनिधि

सुर्खेत/ बिरेन्द्रनगर नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख टंक लामिछानेले पालिकाले योजना तर्जुमा गर्दा बालबालिकाहरुलाई अनिबार्य सहभागी गराईने बताए ।

युनिसेफको सहयोगमा बास नेपाल ले बिरेन्द्रनगर मा सन्चालित ३ दिने बालबालिका तथा किशोरी क्षमता अभिबृदी तालिमको समापन कार्यक्रममा बोल्दै शाखा प्रमुख लामिछानेले हामिले सबभन्दा पहिले आफुभित्र भएको क्षमता चिनेर मात्र आगाडी बढ्नु पर्ने पनि बताए ।

भाद्र १८ गते देखि ३ दिन सम्म सन्चालित तालिमको समापन कार्यक्रममा बिभिन्न वडाका अध्यक्षहरु, नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सरला रेग्मी,रुपान्तरण कक्षा प्रशिक्षक ज्योती रोकाय तथा उपमेयर निलकण्ठ खनाल ले आ आफ्ना भनाई तथा तालिमको शुभकामना सहितको मन्तब्य राखेका थिए ।

समापन कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथी तथा उपमेयर निलकण्ठ खनालले ले बास ले आयोजना गरेको यस तालिमा बाट सहभागीहरुले धेरै कुरा सिकेको भन्दै बास नेपाले धेरै राम्रो काम गरेको बताए ।

३ दिने तालिमबाट के कस्ता कुरा सिकियो भन्ने बिषयमा सहभागिहरुकै तर्फ बाट चन्द्र बहादुर ज्ञावलि र अस्मिता आचार्यले प्रतिक्रिया मन्तब्य राखेका थिए ।

बिरेन्द्रनगर नगरपालिका का उपमेयर निलकण्ठ खानाल प्रमुख अतिथी रहेको कार्यक्रममा स्वागत मन्तब्य तालिम प्रशिक्षक तथा बास नेपालका पुर्ब अध्यक्ष मन भन्डारीले व्यक्त गरेका थिए ।

बास नेपाल सुर्खेत शाखाकी कार्यबाहक अध्यक्ष भगवती बि.सि.को सभापतित्वमा सम्पन्न समापन कार्यक्रम बास नेपालका कर्णाली प्रदेश सयोजक धिरेन्द्र बहादुर शाहीले सन्चालन गरेका थिए ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech