सडक दुर्घटनामा गयो युवाको ज्यान

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा छाडा चौपायाका कारण भएको दुर्घटनामा परि एक युवाको ज्यान गएको छ ।

तीजको अघिल्लो दिन नेपालगंजको काँरकादो र पुष्पलाल चोकबिच सडकमा सडक दुर्घटना भएको थियो ।

छाडा छोडिएको गाईसँग मोटरसाईकल ठोक्किदा सल्यान घर भइ अध्ययनको सिलसिलामा नेपालगंज बस्ने युवराज वली घाइते भएका थिए । गम्भीर घाईते भएका वलीलाई उपचारका लागि लखनउ लगिएको थियो । उपचार कै क्रममा उनको सोमबार मृत्यु भएको छ।

छाडा चौपायाको उचित ब्यबस्थापन नहुँदा दिनहुुँ सडक दुर्घटना हुने र बर्षेनि मान्छेले ज्यान गुमाउने गरेका छन् । यस तर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech