चार नम्वरका सय दिन

सुसिला थारु

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका ४ ले १०० दिने कार्यको समिक्षा गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका ४ नम्वर वडाका वडा अध्यक्ष गोपाल पुनले निर्वाचित पछि १०० दिनमा सप्पन्न गरेका १६ वटा बिकासका कार्यहरु पत्रकार भेट्घाट कार्यक्रममा सार्बजनिक गरेका छन् ।

शिक्षा, स्वास्थ्य, बाताबरण, सरसफाई र विविध शिर्षकमा गरि १६ वटा बिकासका कार्यहरु गरेको वडाले जनाएको छ ।

वडाका अनुसार, नेपालगन्ज कन्या मा.बि., अनाथालय गौसिया मा.बि. मा बिद्यार्थी भर्ना अभियान संचालन, गौसिया मा. बि. का बिपन्न बर्गका बिद्यार्थीहरु लाई नि: शुल्क पोषाखको ब्यबस्थापन, दुई पटक स्वास्थ्य सिबिर सन्चालन, डेङ्गु ज्वरो विरुद्ध सचेतना मुलुक कार्यक्रम सन्चालन, एक हजार जनालाई प्रतिब्यक्ती दुई वटाका दरले दुई हजार बिरुवा बितरण, कन्या मा.बि. बसपार्क र चिल्ड्रेन पार्कमा बृक्षरोपण कार्यक्रम सन्चालन, ठुला तथा मझौला नाला सरसफाइ, सप्ताहिक सरसफाइ कार्यक्रम हाम्रो वडा राम्रो वडा अभियान नियमित रुपमा सन्चालन, उच्छृंखल, बिकृतीजन्य गातिबिधीलाई निर्मुल पार्न वडा प्रहरी र न्युरोड टोल बिकास समितिसंग समन्वय गरि बिशेष गस्ती अभियान संचालन, हारितालिका तिज को अवसर मा निलसागर वृद्धआश्रममा रहेका बालबालिका र जेष्ठ नागरिकहरुलाई खाना खुवाउने, सामाजिक सद्भाबको शहर नेपालगन्जमा विभिन्न चाडबर्प बकरा इद, मोहरर्म कृष्ण जन्माष्टमि, गणेश चतुर्थी जस्ता पर्बमा पानी र फलफूल बितरण, बिधुत कर्मचारी नियुक्त गरि विशेष उज्यालो अभियान सन्चालन लगायत रहेका छन् ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech