गिद्ध संरक्षणको विषयमा अन्तरक्रिया

असल शासन प्रतिनिधि

गिद्ध संरक्षण सम्बन्धि सरोकारवाला निकायबिच अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । १४औँ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा नेपाल पन्छि संरक्षण संघ लाजिम्पाट, काठमाडौँको सहयोग तथा इनरुडेक कोहलपुरको आयोजनामा बुधबार सो अन्तरक्रिया सम्पन्न भएको हो ।

पशु सेवा क्षेत्रमा कार्यरत बिभिन्न क्षेत्रका २१ जना सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल पन्छि संरक्षण संघका कार्यक्रम प्रबन्धक भुपाल नेपालीले गिद्धको महत्व, संरक्षण र सरोकारवालको भुमिका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।

भेटेनरी अस्पतालका प्रमुख कल्पना अधिकारीको अध्यक्षतामा सञ्चालन गरिएको सो कार्यक्रममा डिभिजन वन कार्यलयका रेन्जर नवराज शाही, भेटेनरी अस्पतालका अधिकृत डा. रुपेन्द्र कुमार वली र पशु क्वारेनटाइन कार्यलयका डा. विनय कर्ण लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन इनरुडेककी जे.सी. फोकल पर्सन मिना चौधरीले गरेकी थिइन।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech