सञ्चालकहरुलाई क्षमता विकास तालिम

असल शासन प्रतिनिधि

कोहलपुर/साना किसान कृषि सहकारी सन्जाल बाकेको आयोजनामा बुधबार देखि कोहलपुरमा २ दिने नेतृत्व बिकास तालिमको तथा क्षमता अभिबृद्धि तालिम शुरु भएको छ ।

साना किसान कृषि सहकारी सस्था लिमिटेडका सञ्चालकहरुको लागि क्षमता बिकासका लागि  गरिएको तालिममा कोहलपुर र रझेनाका साना किसान सहकारी संस्थाहरुबाट गरि जम्मा २० जना सहभागी रहेको साना किसान सहकारी सन्जाल बाँकेका सचिब शिव कुमार बर्माले जानकारी गराए ।

बुधबार र बिहिबार दुई दिन सम्म सन्चालन हुने उक्त तालिमको पहिलो दिन गैर ससकारी स्ंसथा महासघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह र साना किसान लघु बित्त बित्तिय संस्था ईलाका कार्यालय नेपालगन्जका प्रबन्धक शेर बहादुर चौधरीले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । तालिम भोली सम्म सञ्चालन हुनेछ ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech