क्यान्सर अस्पताल अध्यक्षले गरे पदभार ग्रहण

असल शासन प्रतिनिधि

नेपालगंज/ सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितीको नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्लले पदभार ग्रहण गरेका छन् ।

क्यान्सर अस्पताल खजुरामा आयोजित कार्यक्रममा नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्ल, सदस्यहरु दिपा केसी र इमरान खानले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुराका जनताको आशा र भरोसाको केन्द्र क्यान्सर अस्पताललाई आफ्नो कार्यकालमा अझ उचाईमा पुर्याउने बताए ।

अस्पताल परिसरमा सम्पन्न पदभार ग्रहण कार्यक्रममा अस्पतालका प्रमुख कृष्ण प्रसाद आचार्य, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफान, अस्पताल बिकास समितिका निवर्तमान अध्यक्ष भक्त बहादुर केसी, नेकपा एसका नेता दल बहादुर सुनार, नेकपा एस बाँके क्षेत्र नम्बर ३ प्रदेश खका संयोजक ऋषि पोख्रेल लगायतका सहभागीता रहेको थियो ।

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech