भ्रष्टाचार विरुद्ध युवा सम्मेलनको तयारी पुरा

सम्मेलन भव्य हुने

असल शासन प्रतिनिधि

धनगढी/ बास नेपालले भोलि (शनिबार) धनगढीमा भ्रष्टाचारविरुद्ध प्रथम सुदूरपश्चिम युवा सम्मेलन आयोजना गर्ने भएको छ।

शुक्रबार पत्रकार सम्मेलन माफर्त बास नेपाल सुदूरपश्चिमले युवा सम्मेलनको बारे जानकारी दिएको हो।

सम्मेलनमा भ्रष्टाचारविरुद्ध घोषणापत्र जारी गरिने, भ्रष्टाचारबारे बहस कार्यक्रम गरिने र भ्रष्टाचार विरुद्ध कार्टुनहरु प्रर्दशन गरिने बताइएको छ। उक्त सम्मेलनमा प्रदेशका ९ वटै जिल्लाका झण्डै एक हजार भन्दा बढी युवाहरुको सहभागीता रहने जनाइएको छ।

सुदूरपश्चिममा बढ्दो अनियमितता र भ्रष्टाचार विरुद्ध सशक्त अभियान सञ्चालन गर्न युवाहरुलाई उत्प्रेरणा प्रदान गर्न सम्मेलनको आयोजना गरिएको बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले बताए। उनले भ्रष्टाचारविरुद्धको युवाहरुलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहीता र असल शासनको अभियानमा सहभागी गराउनु प्रदेश सम्मेलनको मुख्य उद्येश्य रहेको बताए।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचारको प्रवृत्ति र प्रकृति परिवर्तन भएको उल्लेख गर्दै भ्रष्टाचार विरुद्ध युवाहरूलाई जागरुक गर्न सम्मेलन आयोजना गरिएको बताए ।

बास नेपाल डडेल्धुरा शाखा अध्यक्ष राकेश दयालले संचालन गरेको कार्यक्रममा स्वागत प्रदेश सह-संयोजक कुबेर खड्काले गरेका थिए । धन्यवाद ज्ञापन केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेको पत्रकार भेटघाट कार्यक्रममा निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला लगायतको उपस्थिति रहेको थियो ।

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech