भ्रष्टाचार विरुद्ध कार्यकर्ता बन्न तयार : मन्त्री बोहरा

भ्रष्टाचार विरुद्ध जागे शुदुरपश्चिमका युवा

असल शासन प्रतिनिधि

धनगढी/ सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहराले भ्रष्टाचार विरुद्धको अभियानको कार्यकर्ता बनेर सहयोग गर्ने बताएका छन् । बास नेपाल सुदुरपश्चिम प्रदेशले शनिबार कैलालीको धनगढीमा आयोजना गरेको भ्रष्टाचार विरुद्ध प्रथम सुदुरपश्चिम युवा सम्मेलनमा बोल्दै बोहराले भ्रष्टाचार विरुद्ध सशक्त भएर लाग्न युवाहरुलाई अनुरोध गरे ।

पछिल्लो समय भ्रष्टाचारले कुनै पनि क्षेत्र अछुतो नरहेको अवस्थामा बास नेपालले गरेको कार्यक्रमका माध्यामबाट भ्रष्टाचार बिरुद्ध प्रदेशभरी सन्देश जाने बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बोहराले भने “सुशासन प्रबद्र्धनका लागि प्रदेश सरकारलाई आवश्यक पर्ने नीति र कानुन निर्माण गर्दै जवाफदेहिता, पारदर्शिता र सूचनाको हक प्रवद्र्धनमा लागि पर्नेछौँ ।” कार्यक्रमका विसिष्ठ अतिथि नेपाल सरकारका पुर्व सचिब तथा राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्ण्हरी बासकोटाले भ्रष्टाचार गर्ने जोसुकैलाई पनि नागरिकहरुले छोडन नहुने बताए । भ्रष्टाचार बिरुद्ध आम नागरिकहरु जागनुपर्ने बताउदै सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुले आफ्नो जिम्मेवारी इमानदारिता पुर्वक पुरा गरेमा मात्रै पनि भ्रष्टाचार कम हुने बास्कोटाको भनाइ थियो । संघ सरकारले बनाएका सुशासन, सामाजिक जवाफदेहिता र सूचनाको हक सम्बन्धिका कानुनहरु प्रदेश सरकारले आफै बनाएर लागु गरेको खण्डमा सुशासन प्रवद्र्धनमा डेवा पुग्ने बताउदै बास्कोटाले भ्रष्टाचार बिरुद्ध निरन्तर लागि राख्न युवाहरुलाई आग्रह गरे ।

भ्रष्टाचार बिरुद्ध प्रदेश युवा सम्मेलनमा गैर सरकारी सस्था महासघ कैलालीका उपाध्यक्ष चेत मान साउद, युबा अभियन्ता कृष्ण बटाला, नेपाल पत्रकार महासघका केन्द्रीय सचिब हेम कर्ण बिक, प्रदेश युबा परिषदका कार्यकारी उपाध्यक्ष युबराज कुवर, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकि लगायतले बोलेका थिए । युवा सम्मेलनमा
कार्यक्रममा बासको कैलाली शाखा र धनगढी उपशाखा उत्कृष्ट शाखा र उपशाखाको रुपमा सम्मान गरिएको थियो भने बासका कर्मचारी तेज बोहरालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । बास सुदुर पश्चिम प्रदेश सयोजक पाण्डव पुजाराको अध्यक्षतामा भएको कार्यक्रम पत्रकार युवराज न्यौपानेले सञ्चालन गरेका थिए भने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्देश्य माथि प्रकास पारेका थिए ।

कार्यक्रमको सुरुवातमा धनगढी चौराहबाट भ्रष्टाचार बिरुद्धको र्‍याली सुरु भइ ओम प्यालेसमा गइ कार्यक्रममा परिर्णत भएको थियो ।
कार्यक्रममा शुदुपश्चिमका ९ वटै जिल्लाका १००० बढी युवाहरुको सहभागिता रहेको थियो ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech