भ्रष्टाचार बिरुद्ध शुदुरपश्चिम घोषण—पत्र जारी

असल शासन प्रतिनिधि

धनगढी/ भ्रष्टाचार बिरुद्ध २० बुदे शुदुरपश्चिम घोषण—पत्र जारी गरीयको छ । बास नेपाल सुदुरपश्चिम प्रदेशको आयोजना तथा बिभिन्न निकाय तथा संस्थाहरुको सहयोग, सहकार्यमा भ्रष्टाचार बिरुद्ध प्रथम प्रदेश स्तरीय युवा सम्मेलनको अवसरमा धनगढीको ओम प्यालेसमा सम्पन्न प्रथम प्रदेश स्तरीय युवा सम्मेलनको अन्त्यमा उक्त घोषणा—पत्र जारी गरिएको हो ।

जारी घोषणा—पत्रमा भ्रष्टाचारबिरुद्ध शुन्य सहनशीलताको बिकास गर्ने, भ्रष्टाचारबिरुद्ध सुदुरपश्चिम प्रदेशबाट प्रतिनिििधत्व गर्ने संघीय र प्रदेश सभाका साँसद र स्थानीय तहका प्रतिनिधिहरुलाई प्रश्न सोधी जवाफदेहिता खोज्ने, भ्रष्टाचारबिरुद्ध काम गर्ने संघ संस्था तथा निकायहरुलाई सहयोग गर्ने, कार्यक्रममा सहभागी युवाहरु समाजका लागि अनुकरणीय बन्ने, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने, भ्रष्टाचारका बिरुद्ध प्रश्न सोध्ने संस्कृति “किन सँस्कृति”को बिकास गर्ने, सार्वजनिक निकायको जवाफदेहिता प्रबद्र्धन गर्नका लागि सूचना माग्ने संस्कृतिको बिकास गर्ने, भ्रष्टाचारबिरुद्धका ऐन, नियम, नियमावली अक्षरशः कार्यान्वयन गर्न सम्बद्धसँग जोडदार माग गर्ने, सार्वजनिक सेवा प्रबाहलाई चुस्त, दुरुस्त पार्न सार्वजनिक निकाय समक्ष माग गर्ने, आम नागरिकको हक सूचनाको हक सुनिश्चित गर्न सम्बद्ध सबै पक्षसँग जोडदार माग गर्ने, सदाचारिता, नैतिकताका बिषयमा प्रचार, प्रसार गर्ने, हरेक निकायमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्नुका साथै उनीहरुको क्रियाशीलताका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गर्ने, प्रत्येक सार्वजनिक निकायले प्रदान गर्ने सेवा, सुविधान बारे ३÷३ महिनामा स्वतः प्रकाशन गर्न बाध्य गर्न पहल गर्ने, नागरिक गुनासो सुनुवाई सम्बन्धिको कार्यबिधि तत्काल ल्याउन तीन तहकै सरकारसँग माग गर्ने, कर्तव्य र अधिकारलाई सँग, सँगै लगेर सुशासनको अभियानमा लाग्ने, सार्वजनिक निकायहरुबाट भए, गरेका असल कार्यहरुको सार्वजनिकरण गर्ने, भ्रष्टाचार विरुद्धका कानुनहरुको प्रभावकारी प्रचलनका लागि आ–आफ्नो क्षेत्रबाट लागिपर्ने, भ्रष्टाचार बिरुद्ध संकल्प प्रस्ताव पारित गर्न सुदुर पश्चिम प्रदेश सरकारसँग जोडदार माग गर्ने, सुदुर पश्चिम प्रदेश सरकारलाई सुशासन ऐन, सूचनाको हक सम्वन्धि ऐन, सार्वजनिक खरिद ऐन लगायत सुशासन प्रबद्र्धन गर्नका लागि आवश्यक ऐनहरु बनाउन जोडदार माग गर्ने, भ्रष्टाचार बिरुद्ध सशक्त बन्न नागरिक समाज, सञ्चार जगत, निजि क्षेत्र लगायतलाई अपिल गर्ने कुरा उल्लेख गरिएको छ ।

 

 

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech