डोटीका दश बालबालिकालाई सहयोग

असल शासन प्रतिनिधि

डोटी/ बालबालिकाको विकासको अधिकारलाई सुनिस्चित गर्ने उद्देश्यका साथ बास नेपालले डोटीको जोरायल गाउँपालिका वडा नंं. १ र २ का १० जना बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।

युनिसेफको सहयोगमा संचालित बाल संरक्षण परियोजना अन्तर्गत सो सहयोग प्रदान गरिएको हो ।

जोरायल गाउँपालिका वडा नंं. २ को कार्यालयमा आयोजित एक कार्यक्रममा वडा नंं. २ का ११ वर्षीय रेखा जुल्मी, २ वर्षीय करिष्मा धामी, १३ वर्षीय पदम तामाङ, ८ वर्षीय युनिषा राई, वडा नं. १ का ९ वर्षीय तेज वि.क, १७ वर्षीय केशव कुँवर, १२ वर्षीय विपना वि.क, १३ वर्षीय आकृति थापा मगर, १५ वर्षीय आशा मल्ल र १५ वर्षीय टिका वलीलाई सहयोग प्रदान गरिएको छ ।

सहयोग हस्तान्तरण वडा नंं. २ का वडा अध्यक्ष विर बहादुर दर्लामी, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व अध्यक्ष मन भण्डारी, केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलाती, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, सि.एफ.ए लोक बहादुर घर्तीले संयुक्त रुपमा गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडा नं. २ का वडा अध्यक्ष विर बहादुर दर्लामीले बालबालिकाले पठन पाठनका लागि प्रदान गरिएको रकम सोही कार्यमा लगाउन अनुरोध गरे । बास नेपालले बाल संरक्षण परियोजना अन्तर्गत कर्णाली र सुदुर पश्चिम प्रदेशमा १६५ जना बालकालिकाहरुलाई आर्थिक सहायता प्रदान गरि सकेको छ ।

  • २७ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech