वतृत्वकला प्रतियोगितामा लक्ष्मी प्रथम

असल शासन प्रतिनिधि

बैतडी / राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा आयोजना गरिएको वतृत्वकला प्रतियोगितामा दसरथचन्द नगरपालिकाकी लक्ष्मी भाट प्रथम भएकी छन् ।
“बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ बुधबार देशब्यापी रुपमा बिभन्न कार्यक्रहरु गरी राष्ट्रिय बाल अधिकार दिवस मनाइयो । दिवसको अवसरमा बैतडीको दसरथचन्द नगरपालिकामा वतृत्वकला प्रतियोगीताको आयोजना गरिएको थियो । दशरथचन्द नगरपालिका महिला तथा बालबालीका शाखाको आयोजना तथा बास नेपाल बैतडी शाखाको सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । बालअधिकारको क्षेत्रमा स्थानिय तहको भुमिका बिषयक वतृत्वकला प्रतियोगतामा ६ जना प्रतिसपर्धीहरुले भाग लिएका थिए ।
प्रतियोगिताका सहभागिहरुले बाल अधिकारको सुनिश्चितता तथा बिकास निर्माणमा बालबालिकाहरुको अर्थपुर्ण सहभागीता हुनुपर्ने आशय ब्यक्त गरेका थिए। वतृत्वकला प्रतियोगितामा नगरपालिकाका शाखा अधिकृतहरु राज बहादुर बिष्ट, राजेन्द्र सिंह थापा र मोहन नाथ ३ जना निर्णायकहरु रहेको उक्त प्रतियोगीतामा लक्ष्मी भाट प्रथम, रेखा चुनारा द्घितिय र नरेश चन्दले तृतिय स्थान हासिल गरेको बास नेपाल बैतडी शाखाका कोषाध्यक्ष मोहित पाण्डेले बताएका छन ।


दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथले स्वागत मन्तब्य राखेको प्रतियोगिता नगर स्तरिय बाल क्लब सञ्जालका अध्यक्ष उमेश बडुले अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले गरेकी थिईन ।
नेपालले हरेक बर्ष १४ सेप्टेम्बरका दिन राष्ट्रिय बाल दिवस मनाउने गरेको छ । सन १९९० सेप्टेम्बर १४ तारीखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालकिाहरुको बिशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।

  • ३० भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech