वेष्टर्नमा नि:शुल्क स्वास्थ्य शिबिर

असल शासन प्रतिनिधि

नेपालगन्ज/ वेष्टर्न हस्पिटल नेपालगन्जमा नाक, कान घाँटी तथा थाइराइड सम्बन्धि नि: शुल्क स्वास्थ्य शिविर गरिएको छ ।

उक्त शिविरमा १ सय २१ जनाको चेकजाँच गरिएको छ ।

शिविरमा आएका अधिकांश बिरामीमा कानको समस्या देखिएको इएनटी सर्जन डा रबि स्वारले जानकारी दिए ।

चेकजाँच गरिएका मध्ये ११ जनाको कानको शल्यक्रिया, ६ जनाको घाँटी र ५ जनाको नाकको शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी रहेको पनि डाक्टर स्वारको भनाइ छ । दुईजना बिरामीमा भने घाँटीको क्यान्सर समेत देखिएको भरतपुर क्यान्सर अस्पतालबाट फेलोसीप तालिम प्राप्त डा स्वारले जानकारी दिए ।

शिविरमा बाँके, बर्दिया, दाङ, कैलाली, सुर्खेत, सल्यान, रुकुम, जाजरकोट, दैलेख, जुम्ला, कालिकोट र कंचनपुरसम्मका बिरामीले सेवा लिएका छन् ।

अस्पतालका प्रबन्ध निर्देशक डाक्टर राहुल थापाले सयौंलाई निःशुल्क सेवा दिन पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवाका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । नि:शुल्क स्वास्थ्य शिविरहरु नियमित रुपमा सञ्चालन गरिने पनि उनको भनाइ छ ।

अन्य दिनहरुमा भने वेष्टर्न हस्पिटलमा बिहान ७ देखि ९ बजेसम्म र दिउँसो ४ देखि ७ बजेसम्म नाक, कान घाँटीको ओपिडि सन्चालन भइरहेको छ ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech