कर्णालीमा भ्रष्टाचार विरुद्ध युवा सम्मेलन हुँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज / कर्णाली प्रदेशमा भ्रष्टाचार विरुद्ध प्रथम प्रदेश युवा सम्मेलन हुने भएको छ । बास नेपालको आयोजनामा यही असोज ८ गते कर्णली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा भ्रष्टाचार विरुद्ध प्रथम कर्णाली युवा सम्मेलन हुने भएको हो ।

सम्मेलनमा प्रदेशका १० वटै जिल्लाका भ्रष्टाचार बिरुद्धको अभियानमा आवद्ध युवाहरूको सहभागिता रहने छ । पछिल्लो समय बढ्दो अनियमितता र भ्रष्टाचार बिरुद्ध आवाज प्रवाह गर्न, भ्रष्टाचार न्यूनीकरणमा युवाहरुलाई एकजुट गर्न र सुशासन प्रबद्र्धन गर्न सम्मेलनको आयोजना गरिएको बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र कुमार शाहीले जानकारी दिए । भ्रष्टाचार विरुद्ध युवाहरूलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहिता र असल शासनको अभियानमा सहभागी गराउन सम्मेलन गर्न थालिएको संयोजक शाहीले बताए ।

भ्रष्टाचार विरुद्धको युवाहरूलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहिता र असल शासनको अभियानमा सहभागी गराउन प्रदेश सम्मेलनको मुख्य उद्देश्य हो, शाहीले भने “उक्त सम्मेलनमा भ्रष्टाचार विरुद्ध बृहत् प्रभात फेरी, खुल्ला छलफल र विभिन्न प्रस्तुतिकरणहरु रहने छन् ।” प्रदेशस्तरीय सम्मेलनले भ्रष्टाचार विरुद्ध प्रदेश घोषणा पत्र जारी गर्ने छ ।

कार्यक्रममा भ्रष्टाचार विरुद्धको अभियानमा लागेका अभियन्ता, स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिहरुको सहभागीता रहने छ । बास नेपालले केहि समय अघि शुदुपश्चिम प्रदेशमा उक्त सम्मेलन सम्पन्न गरिसकेको छ ।

 

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech