विद्यार्थीले गरे कपडा सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/  नेपालगन्जको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कपडा वितरण गरेका छन् । असोज २ आइबार नेपालगन्जस्थित आदर्श माध्यामिक विद्यालयको माध्यामिक तहमा अध्यानरत विद्यार्थीहरुले नेपालगन्जका विभिन्न ठाउँमा कपडा वितरण गरेका हुन् ।
विद्यार्थीरुले आफ्नो घरमा भएका तर आफूलाई लगाउन नमिल्ने कपडाहरु रोडमा मागेर जीवन बिताइरहेकाको लागि नयाँ बन्ने भन्दै सहयोग गरेका हुन् ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको मन्निपुर टोल, सिया र गणेशमान चोेकमा रहेको कपडा बैंकलाई उनीहरुले कपडा सहयोग गरेका छन् ।
किताबी ज्ञान मात्र नभएर सामाजिक सद्भाव सिकाउने थलोका रुपमा विद्यालयलाई चिनाउनका लागि यो कपडा वितरण कार्यक्रम गरेको आदर्श माध्यामिक विद्यालयमा अध्ययापन गराइरहेका शिक्षक प्रकाश शाहीले असल शासनलाई बताएका बताए ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech