दश बालबालिकालाई सहयोग

असल शासन प्रतिनिधि

डडेल्धुरा/ डडेल्धुराकाे गन्यापधुरा गाउँका १० जना बालबालिकालाई आर्थिक सहयोग गरिएको छ ।

बालबालिकाहरुलाई शैक्षिक सामाग्रीका लागि डडेल्धुरा जिल्लाकाे गन्यावधुरा गाउँपालिका वडानम्बर १ रूवाखाेलामा प्रभावित, जाेखिममा रहेका तथा असहाय १० जना बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

युनिसेफ नेपालको सहयाेगमा बागेश्वरी असल शासन क्लब (बास नेपाल) ले सो आर्थिक सहयोग प्रदान गरेको हो ।

गन्यावधुरा गाउँपालिका १ का ५ जना बालिका र ५ जना बालका गरि १० जनालाई उक्त सहयोग रकम प्रदान गरिएको छ।

बास नेपालले दिगो जिवीकोपार्जनका लागि सिप सिक्न चाहने तथा व्यवसाय गर्न चाहने हिंसा प्रभावित महिलाहरुलाई र विपन्न, एकल, हिंसा प्रभावित महिला र आमा बुवा गुमाएका टुहुरा शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित नहुन् भन्ने उदेश्यका साथ सो आर्थिक सहयोग गरेको हो ।

उक्त वडाका अध्यक्ष, सदस्य, वडा सचिव बिधालयका प्रध्यानाध्यापक, बास नेपालका मनाेसामाजिक कार्यकर्ता, बास नेपालका जिल्ला शाखा काेषाध्यक्ष, अभिभावक र स्थानीयहरूकाे सहभागीतामा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech