नरैनापुरमा हाम्रो बिद्यालय म बनाउँछु अभियान

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरेको बताएका छन् ।
संविधान दिवसको पूर्व सन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै गाउँपालिका अध्यक्ष शाहले यस्तो बताएका हुन ।


सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको उनले बताए । शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने अध्यक्ष शाहको भनाई थियो ।
नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले शिक्षा सेवाको क्षेत्र भएकोले नरैनापुरको शिक्षाको गुणस्तर सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने पनि बताए ।


कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिका वडा नं. ४ का अध्यक्ष मसूद अहमद शाहले लोक सेवाको मापदण्डमा रहेर करार सेवाकालागि शिक्षक नियुक्त गरेको बताए । कार्यक्रममा नरैनापुर गाँउपालिकाको शिक्षा शाखा अधिकृत कृष्ण प्रसाद थारुले पालिका भित्र गुणस्तरीय शिक्षाका लागि लागेको बताए ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षता भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, शिक्षा अधिकृत कृष्ण चौधरी, शिक्षा समितिका सदस्य एंव गाँउपालिका अध्यक्षका स्वकिय सचिव ब्रिजेन्दर यादव, शिक्षक अफसर अलि, सज्जाद खान, कमल केसी लगायतको सहभागिता रहेको कार्यक्रममा १२ जना विषयगत शिक्षकहरुलाई नियुक्ति प्रदान गरिएको बताए ।

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech