६ प्रश्नमा सन्ध्या शाह

सन्ध्या शाह

१. तपाईको जीवनको आदर्श के हो ?
– मेरो जीवनको पहिलो आदर्श बुवा र मुवा हुनुहुन्छ । मेरो जीवनको उद्धेश्य असल नागरिक बनि देशको सेवा गर्नु रहेको छ ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– म आज यहाँसम्म आईपुग्नुको उत्प्रेरणा मेरो हजुर आमाबाट प्राप्त भयो । वहाँबाट मलाई राम्रो शिक्षा प्राप्त भयो, वहाँले मलाई सधै दुःखमा परेकाहरुलाई सहयोग गर्नु पर्छ भनि सिकाउनु भयो । अर्को मुख्य उत्प्रेरणा अनुराधा कोइरालाबाट मलाई प्राप्त भयो । उहाँको प्रयासले आज लाखौँ महिलाको जीवन सुन्दर भयको छ । वहाँबाट असाध्यै उत्प्रेरित छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– म समाजको लागि एउटा असल नागरिकको भूमिका निर्वाह गरिरहेको छु जस्तो लाग्छ । म आफ्नो साथीहरुको सहकार्यमा बालबालिकाहरुलाई शिक्षाको पहुँच सम्म पुर्याउने, बालबालिकाको हक, हितका लागि काम गर्दै आएकी छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– मेरो जीवनको अविस्मरणीय क्षण केही समय पहिला म लगायत मेरो टिम रोल्पाको विद्यालयमा गई विद्यार्थीलाई निःशुल्क रुपमा झोला प्रदान गरेका थियौं उक्त क्षण मेरा लागि अबिष्मरणिय क्षण हो ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
– मेरो बुझाइमा असल शासन भन्नाले आफनो काम प्रति इमान्दार हुनु हो र आफनो कर्तव्य निभाउनु हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?

मेरो मुख्य प्रतिबन्धता भनेको भोलिका सुन्दर भविष्यका बालबालिकाहरु जो पढ्न लेख्न पाउने अधिकारबाट वञ्चित छन् तिनै बालबालिकालाई शिक्षा प्राप्त गर्न अवसर दिने खोजमा लाग्दैछु । लैङ्गिक विभेदको अन्त्य र बाल अधिकारको संरक्षणका लागि काम गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech