सिमकोटमा क्षमता अभिवृद्धि तालिम

असल शासन प्रतिनिधि

हुम्ला / सिमकोट गाउँपालिकामा बालबालिका तथा किशोरीहरुका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । युनिसेफ नेपालकको सहयोग र सिमकोट गाउँपालिकको सहकार्यमा बासद्धारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत सो तालिम सुरु भएको हो ।

बाल अधिकार, बाल संरक्षण, बाल सहभागीता, लैंगिक हिंसा न्यूनीकरण, स्थानीय योजना तर्जुमा प्रक्रिया जस्ता विषय समेटिने तालिमको उद्घाटन सत्रमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्नुका साथै परिवार, विद्यालय र समाजमा समेत बाँड्दै लैजानु पर्ने बताए । गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकायले सिकेर सिकाउने प्रवृत्ति समेत स्थापित गर्दै लैजनु पर्ने तथा बालबालिकाले जीवन उपयोगी सीपको रुपमा तालिमलाई लिन सुझाव दिइन । निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायले बालबालिकाको चौतर्फी विकासको लागि तालिम अर्थपूर्ण हुने विस्वास व्यक्त गर्नु भयो । असोज ६ गते सम्म संचालन हुने तालिमको उद्घाटन सत्रमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले उदेश्य माथी प्रकाश परेका थिए भने कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेका थिए ।

३० जना किशोरी तथा बालबालिकाको सहभागीता रहेको तालिमको पहिलो दिनमा बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बाल अधिकार र नेपाल स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहराले बाल संरक्षणको विषयमा प्रशिक्षण दिएका थिए ।

  • ४ आश्विन २०७९, मंगलवार प्रकाशित

  • Nabintech