कबिता

दिला शाह

तिम्रो आँखामा मेरा सपनाहरु सजाउन सक्छौ ?
तिम्रो आंँखामा मेरा सपनाहरू सल्बलाएको हेर्ने रहर छ मलाई !
सक्छौ भने आऊ सँगै सपना बाँढौं ।

म तिमीलाई छान्ने छु, छानिनै रहनेछु !
मान्छेहरुको भीडमा, एक्लोपनमा अनि
हरेक मोडमा शंका विना मेरा हृदयका धड्कनहरुमा,
तिमीलाई नै राख्ने छु!

म सक्छु !
के तिमी सक्छौ ?
अनि न कुनै अवरोध विना
हरेक धड्कनका साथमा
तिमीले मेरो,
म तिम्रो,
मायाका आभाषहरु पाइरहनेछौ,
हरपल !
पलपल !!
जीवनभर !

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech