बालबालिकाको सर्बोत्तम हितका लागि पाँच बुँदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

हुम्ला/ सिमकोट गाउँपालिकाले स्थानीय योजना तर्जुमामा बालबालिकाको सहभागिता र सर्बोत्तम हितका लागि पाँच बुँदे प्रतिबद्धता जाहेर गरेको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालले सिमकोट गाउँपालिकामा आयोजना गरेको स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा पालिकाले उक्त प्रतिबद्धता जाहेर गरेको हो ।

जाहेर गरिएका प्रतिबद्धताहरुमा स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिबा र युवाहरुको हभागिता अर्थपूर्ण बनाउँदै योजना तर्जुमा प्रक्रियालाई अक्षरशः पालना गर्ने, पालिकामा व्यप्त बाल विवाह र बालश्रम न्यनीकरणका लागि आवश्यक पहल गर्ने, बाल अधिकार प्रवद्र्धन र युवा सशक्तिकारका लागि आर्थिक सशक्तिकरणका साथै उत्पादनमूलक कार्यमा जोड दिने, बाल संरक्षण र युवा सशक्तिकरणका लागि माग र आवश्यकतमा आधारित कार्यक्रम र बजेट पालिकाबाट विनियोजन गर्ने र वडा र पालिकाबाट हुने कार्यक्रममा बालबालिका र युवाहरुलाई सहभागी गराउने रहेका छन् ।

अन्तरक्रियमा बोल्दै बालविवाह गरिवीको कारण नभइ केही अंश अशिक्षित र धनाड्डे परिवारमा जन्मेका बालबालिका धनको उत्मातका कारण भएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकायाले बताइन् ।

त्यसै गरी सिमकोट गाउँपालिकाले बालबालिकालाई हात हातै रकम दिन नसके पनि बालबालिकाको शिक्षा, स्वास्थ्य र बाल संरक्षणमा लगानी गरेको सिमकोट गाउँपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए।

बस्ती स्तरको योजना छनौटका क्रममा बाल क्वलका प्रतिनिधि एवं युवा क्लवका प्रतिनिधिहरुको उपस्थितिमा योजना निर्माण गरेको, वडा र पालिकाबाट संचालन हुने योजनामा युवाहरुकै भुमीका वढी हुने हुने गरेको सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नन्द रावतले बताए ।

सिमकोट गाउँपालिकाका ८ ओटा वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रममा बाल श्रम अन्त्यका लागि घरपरविारको आर्थिक अवस्था मजवुद हुनु पर्ने सोही गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पामा लामाले बताए।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाको समस्या र मुद्धामा सरकारी निकाय, गैरसरकारी निकाय, सबै राजनैतीक दल, नागरिक समाज, पत्रकार घर परिवार र अन्य सरोकारवालाहरूले आफ्नो क्षेत्रबाट भुमिका निभाउनु पर्ने बताए ।

बासका कार्यकारी निर्देशक नमास्कार शाहले अन्तक्रियाको विषय बस्तु माथि प्रकाश पादै स्थानीय तहको योजना छनौटको ७ ओटा चरणलाई अंगिकार गर्दै पालिकाले नमुना पालिकाको रुपमा कामा गर्नु पर्ने बताए ।

३० जना बढि सहभागिता रहेको अन्तरक्रियाको सहजिकरण्का बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech