बास हुम्ला शाखामा नयाँ नेतृत्व

अध्यक्षमा तिर्थ भण्डारी

असल शासन प्रतिनिधि

हुम्ला/ बास नेपालले हुम्ला जिल्ला शाखा पुनर्गठन गरेको छ ।

भ्रष्टाचार विरुद्ध देश व्यापी रुपमा काम गर्दै आएको संस्था बास नेपालले हुम्ला जिल्लामा भ्रष्टाचार विरुद्धको गतिविधिहरुलाई सशक्त रुपमा अगाडि बढाउन शाखा पुनर्गठन गरेको हो ।

नव गठित शाखाको अध्यक्षमा तिर्थ भण्डारी, उपाध्यक्षमा रोहित रोकाय, सचिवमा हेमन्त रावत, कोषाध्यक्षमा गंगा बोहरा, सह सचीवमा मन्जु शाही र सदस्यहरुमा रबि कामी, कबिता शाही, सरेन्द्र शाही सर्वसम्मत चयन भएका छ्न् ।

शाखाको सल्लाहकारमा गैसस महासंघ नेपाल हुम्लाका अध्यक्ष जनक बुढा, पत्रकार नवराज महतरा, जनक शाही, मन्दिर सिंह, गाउँ कार्यपालिका सदस्य गोपाल कामी, नेपाल स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहरा मनोनीत गरिएको छ ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र कार्यक्रम अधिकृत रबिन्द्र बोहराको उपस्थितिमा उक्त शाखा पुनर्गठन भएको हो ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech