पाचौं वार्षिकोत्सवमा रक्तदान

असल शासन प्रतिनिधि

नेपालगञ्ज / सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको ५ओैं वार्षिकोत्सव तथा ४३ओैं सामाजिक सेवा दिवसको अवसरमा नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ ।


रक्तसञ्चार केन्द्र नेपालगन्जमा भएको रक्क्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख मो. कमरुद्विन राईको प्रमुख आतिथ्यतामा उक्त रक्तदान कार्यक्रम उद्घाटन भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि राईले रगतले व्यत्तिको ज्यान जोगाउने बताउदै रक्तदान एउटा अमुल्य सामाजिक सेवा भएको बताएका थिए । रक्तदान कार्यक्रममा सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्जका प्रबन्धक कमल शाहीले रक्तदान गरेका थिए ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख मो. कमरुद्विन राई, क्षेत्रिय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका सचिव आशिष बर्मा, बास नेपालका निमित्त कार्यकारी निर्देशक हेमराज भट्ट, पत्रकार केपी घिमिरे, लगायतको उपस्थित रहेको थियो।
कार्यक्रममा सहकार्य गर्ने संस्थालाई सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रबन्धक कमल शाहीले प्रशंसा पत्र प्रदान गरेका थिए । रक्तदान कार्यक्रम सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाको आयोजना, नेपालगन्ज उपमहानगरपालिका, गैसस महासँघ बाँके शाखा, बास नेपाल र अष्टिमिष्ट क्लब अफ नेपालगन्जको सहकार्यमा सम्पन्न भएको हो ।
यसैगरी पाँचौं वार्षिकोत्सवको पुर्व सन्ध्यामा असोज ४ र ५ गते बाँके र बर्दियाका सामुदायिक बिधालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिब ४०० बिधार्थीहरुलाई सन नेपाल लाईफ अभियान मार्फत बिमा सचेतना, साक्षरता र शिक्षा कार्यक्रम गरेको थियो ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech