तिन दिने मनोसामाजिक सहयोग तालिमको समापन

असल शासन प्रतिनिधि

नेपालगन्ज । सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको सहभागितामा नेपालगन्जमा सञ्चालीत तिन दिने मनोसामाजिक सहयोग बिषयक तालिम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोग, टिपिओ नेपालको आयोजना तथा बास नेपालको सहयोगमा सञ्चालीत उक्त तिन दिने तालिम आज समापन भएको हो ।


तालिम समापन कार्यक्रममा बोल्दै युनिसेफ नेपालका प्रकाश आचार्यले मनोसामाजिक कार्यकर्ताहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले आयेजित तालिमले कार्यशैलीमा परिवर्तन हुने बिश्वास ब्यक्त गरे । उनले मनोसामाजिक बिषय हरेक ब्यक्तिका लागि जरुरी रहेको भन्दै तालिम पश्चात कर्मचारीहरुको बानि र व्यहारमा परिवर्तन आउने बताए । उनले तालिमबाट सिकेको कुरालाई कार्यक्षेत्रमा गएर ब्यवहारिक रुपमा लागु गर्न सहभागिलाई अनुरोध गरे ।
यसैगरी तालिम समापन कार्यक्रममा बोल्दै बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले हरेक ब्यक्तिका लागि जरुरी हुने मनोसामाजिक बिषयक तालिम उपलब्धी पूर्ण भएको भन्दै सहयोग गर्ने संस्था युनिसेपफ र आयोजकलाई धन्यबाद ज्ञापन गरे ।
समापनमा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रभावकारी कार्य सम्पादनका लागि सम्बन्धीत बिषयमा ज्ञान जरुरी हुने भन्दै तालिमले कर्मचारीहरुको क्षमता अभिबृद्धी भएको बताए । उनले सिकेको शिप अहरणीय भएको भन्दै उक्त शिपलाई ब्यवहारमा लागु गर्न सबै सहभागिहरुलाई अनुरोध गरे ।
तालिम समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि तेज बोहराले तालिमले गरीरहेको कामलाई थप परिष्कृत कसरी गर्ने भन्ने कुराको ज्ञान हासिल भएको बताए । उनले सिकेको शिपलाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता गरे । यसैगरी अर्का सहभागि गंगा भण्डारीले तालिमका तिन दिन निकै महत्वपूर्ण भएको भन्दै तालिमले व्यक्तिगत रुपमा र कार्यक्षेत्रमा बल पुग्ने बताईन् । काम गर्ने क्रममा भोगेका समस्याका बिषयमा राम्रो सँग छलफल भएको भन्दै आगामी दिनमा कामको प्रभावकारितामा अभिबृद्धी हुने बताईन् ।
तालिमका सहजकर्ता तथा टिपिओ नेपालका जितेन राईले सञ्चालन गरेको समापन कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए । समापन कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, युनिसेफ नेपालका प्रकाश आचार्य, बासका निर्वतमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम संयोजक हेमराज भट्ट, जनसम्पर्क अधिकृत माधब कार्की लगायतको उपस्थिती रहेको थियो । तालिममा बासका सुदुरपश्चिम प्रदेश र केन्द्रीय कार्यालयमा कार्यरत १६ जनाको सहभागिता रहेको थियो । असोज ८ गते देखि शुरु भएको तालिमको सहजिकरण सहजकर्ता जितेन राई र रुपा चौधरीले गरेका थिए ।

  • १० आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech