नेपालगन्जले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने

असल शासन प्रतिनिधि

नेपालगन्ज, असोज १३ / नेपालगन्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने भएको छ । फत्तेबाल आँखा अस्पतालसंगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अपरेशन गरिने भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले आज आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कमरुद्दिन राईले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सिफारिसमा निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको बताए ।

नगरलाई फ्रिवाईफाई जोन बनाउने गरी काम अन्तिम चरणमा पुगेको समेत जानकारी गराउदै राईले वडा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको जानकारी गराउँदै वडाबासीको अनुहारमा देखिएको खुसीले आफूहरुलाई सन्तोष मिलेको बताए ।

दशैं, तिहार, छठ, मोहम्मद डे र गुरुनानक डेको अवसरमा शुभकामना दिँदै उपमेयर राईले यी चाडपर्वहरुले आपसी भाइचारा, एकता र सद्भाव बृद्धि गर्ने बताए । नेपालगञ्ज देशकै नमुना सहर भएको बताउँदै उनले एक अर्काको पर्वमा नेपालगञ्जबासीले देखाउने आत्मीयता र सहिष्णुता अद्वितीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायत उपस्थित थिए ।

  • १३ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech