सन्दिप बिमानस्थलबाट पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं/ क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको छ ।
कतार एयरवेजको विमानबाट आज असोज २० गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्वदेश फर्किन लागेको जानकारी सन्दिपले सामाजिक सन्जालमार्फत् दिएका थिए ।

विमानस्थलमा बिहान १० बजेनै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो ।

दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।

  • २० आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech