धनगढी उपशाखाद्वारा दश हजार सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/अछाममा आएको अविरल वर्षासँगैको बाढीपहिरो पीडितलाई १० हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
बास नेपाल धनगढी उपशाखाद्वारा संकलन गरेको सोही रकम बुधबार बास सुदूरपश्चिम संयोजक पाण्डव पुजारालाई हस्तान्तरण गरिएको हो ।
बास धनगढी उपशाखाले गत असोज ४ गतेदेखि बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।
बास कैलाली शाखा र धनगढी उपशाखाको संयुक्त अभियानबाट संकलन भएको रकम प्रदेश संयोजक पुजारालाई हस्तान्तरण गरिएको र सोही रकम केन्द्रिय समितिबाट एकमुष्ट रुपमा पीडितलाई हस्तान्तरण गरिने उपशाखा अध्यक्ष कैलाश साउदले जानकारी दिए ।

उनले प्राकृतिक विपत्तिबाट पीडित परिवारलाई राहत होस् भन्ने उद्देश्यले आर्थिक संकलन अभियान सञ्चालन गरिएको उनले बताए ।
यस्तै उपशाखा सह सचिव केशव बोहराले बाढीपहिरो पीडितका लागि नागरिकस्तरबाट संकलन भएको रकम हस्तान्तरण गर्न पाउँदा पीडितलाई थप सहज हुने बताए ।

उपशाखाले संकलन गरेको आर्थिक सहयोग बुझ्दै बास नेपालका प्रदेश संयोजक पुजाराले अछामका बाढी पीडितलाई आर्थिक सहयोग संकलन अभियान देशव्यापी रुपमा सञ्चालन गरेको र सबै ठाउँबाट संकलन भएको रकम एकमुष्ट रुपमा हस्तान्तरण गरिने बताए ।

  • २० आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech