छोरी बलात्कार आरोपमा उपसचिव पक्राउ

असल शासन प्रतिनिधि

ललितपुर/ नेपाल सरकारका एक जना उप-सचिव छाेरीलाई बलात्कार गरेकाे आरोपमा पक्राउ परेका छन् ।

पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।

उनले तीन/चार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् ।

ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

  • २२ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech