उम्मेदवारी दर्ताको दिन नेपालगन्जमा तनाब

उम्मेदवारको गाडी तोडफोड

असल शासन प्रतिनिधि

नेपालगन्ज/ उम्मेदवारी दर्ताका क्रममा नेपालगन्जमा केही बेर तनाव भएको छ ।

जनमत पार्टीका कार्यकर्ताले क्षेत्र नम्वर ३ को मूख्य निर्वाचन अधिकृतको कार्यालय गेटमा अवरोध गरेका थिए ।

जानकारी अनुसार, जनमत पार्टीबाट पाउनु पर्ने व्यक्तिले टिकट नपाई अर्कैले टिकट पाएको भन्दै अवरोध गरेका थिए ।

उम्मेदवारी दर्ता गराउन आएको भन्दै बाँके क्षेत्र नं. २ का लागि जनमत पार्टीबाट संघतर्फ उम्मेदवार बनेका बाबु खाँ पठान चढेको गाडी तोडफोड गर्दै अवरुद्ध गरेका थिए ।

जनमत पार्टीबाट इरफान शेषले पाउनु पर्नेमा जनता समाजवादीबाट जनमत पार्टीमा प्रवेश गरेका बावु खाँले टिकट पाएको भनेर गेटमै गाडी राकेर तोडफोड गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

प्रहरीले उनीहरुलाई तितरवितर पार्नुका साथै केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
बाँकेका तीन क्षेत्रमा कति गठबन्धन छ भने कतै बिभिन्न दलका नेताहरुले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न जाँदा शक्ति प्रदर्सन सहित जाने योजना आज परिरहेको भारी वर्षा र डुवानले अवरोध गरेको छ ।

  • २३ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech