रुखमा अड्किएका युवाहरुको उद्दार

असल शासन प्रतिनिधि

खजुरा/ खजुरा गाउँपालिका वडा नम्वर २ सितापुर किरण नालाबाट दुई जना युवाहरूको उद्दार गरिएको छ ।

भारतबाट घर फर्किन लागेका बाँकेको खजुरा २ का तेज बहादुर रोका र बर्दिया जयनगरका जनक चौधरी सितापुरको किरणनाला पार गर्न खोज्दा उनीहरु बगेका थिए ।

उनीहरु बग्दै रुखको फेदमा पुगेपछि रुख चढेका थिए । सो घटनाको जानकारी स्थानीयबाट पाए पछि खजुरा गाउँपालिकाका निबर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले उद्दारका लागि पहल गरेका थिए । उनको पहलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली उद्दारमा बिहानै देखि खटियो ।

कक्षपति आफै उद्दारमा खटिए । उद्दर टोलि सहित स्थानीयको अथक प्रयासबाट रुखमा फसेका दुई युवा र उनीहरुलाई उद्दार गर्न पुगेर त्यहि अड्किएका एक युवालाई आठ घण्टा पछि सकुशल उद्दार गरिएको कक्षपतीले बताए ।

  • २४ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech