‘लोकप्रिय’ धवल शमशेर चुनाबी मैदानमा

राप्रपा-एमाले गठबन्धनका तर्फबाट उम्मेदवारी

असल शासन प्रतिनिधि

दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व गरेका डाक्टर धवल शमशेर राणाले बाँकेको क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

एक महिना अगाबै उम्मेदवारी घोषणा गरि प्रचारलाई तिब्र पारेका उनले घरदैलोलाई व्यापक बनाएका छन् । नेपालगन्जका मतदाताहरुमा लोकप्रिय धवल डुडुवाबाट पनि अपार सहयोग हुने बताउँदै आफ्नो जित सुनिस्चित भएको बताउँछन् ।

राप्रपा-एमाले गठबन्धनबाट निर्वाचनमा होमिएका उनले संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका सभापति, भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका सुसिल कोईरालालाई कडा टक्कर दिएका थिए ।

भ्रष्टाचार विरोधी, विकास प्रेमी नेताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त राणा जनताको बीचमा सदाबहार लोकप्रिय छन् ।

धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति, मसुरी शमशेरका नाती हुन् । मसुरी शमशेरले आफ्नो पालामा यस क्षेत्रमा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेका गरेका हुन् । मसुरी शमशेरका छोरा, धवलका बुवा कैलाश शमशेरले पनि कृषिलाई प्राथमिकता दिए । धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी (पिएचडी) गरेका छन् । राजनीतिमा पढेका कमै व्यक्तिहरु मध्ये पर्छन् धवल शमशेर ।

धवल शमशेरका बुवा नेपालका पहिलो ‘कृषि इन्जिनियर’ हुन् ।  शुरुमा धवलले व्यवसायमा हात हाले । व्यवसायमा सफलता गरे पछि व्यवसायसँगै धवलले जिन्दगीको नयाँ बाटो तय गरे । उनले प्राप्त  राजनीतिमार्फत् विकासमा कायापलट गर्ने योजना बनाए । भारतमा अध्ययनको क्रममा नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनमा जागेर उनेर २०४७ सालमा राजनीतिमा आबद्ध भएका हुन् ।

२०५१ को संसदीय निर्वाचनमा पराजित भएपनि २०५४ मा तत्कालीन नेपालगन्ज नगरपालिकाको प्रमुख पदमा अत्याधिक मतले निर्वाचित हुन उनी सफल भए । नेपालगन्जको नगर प्रमुख बन्दा धवल जम्मा ३२ वर्षका मात्रै थिए । पहिलोपटक प्रमुख बन्दा उनले नेपालगन्जमा विकास झल्किने गरी उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता थुपै काम गरे । आफुले प्रमुख भए बाफत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे ।

आफ्नो तलब-भत्ताबाट मानबिय र सामाजिक कार्य गर्ने बिरलै जनप्रतिनिधि मध्येका एक हुन् उनी ।

१०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन् । तीमध्येका धवल शमशेर एक हुन् । यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैं ‘विकासप्रेमी’ नेताको छवि बनाउन सफल भएका छन् । त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भए । आफ्नो पार्टीको बहुमत नहुँदा पनि सबैसङ्गको उच्च सहकार्यबाट उनी दोश्रो कार्यकाल पनि सफल भए । उनको दोश्रो कार्यकालमा भताभुङ्ग भएको नेपालगन्जलाई बनाउने काम भएको स्थानीयको बुझाई छ ।

भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने धवल सबैका प्रिय पात्र बन्न सफल भएका छन् । सरल, सहज जनप्रतिनिधिको ब्राण्ड बनाएका उनी धवल दाईका नाममा लोकप्रिय छन् । यो लोकप्रियता नेपालगन्ज नगरबासीहरुले दुई पटक ब्यालेटमा देखाए । अव नेपालगन्जका दुई वडा बाहेक डुडुवा गाउँपालिकाका नागरिकहरुले लोकप्रिय मत दिन्छन् कि दिदैनन् यसको जवाफ कुर्नलाई मंसिर ४ को नतिजा त हेर्नै पर्छ ।

  • २६ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech