अबैध ब्रा र पेन्टि बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगञ्ज उपमहानगरपालिका १३ बुलबुलीयाबाट प्रहरीले अबैध सामान बरामद गरेको छ ।

तस्करहरुले भन्सार छलेर भित्र्याएका महिलाहरूले लगाउने भित्री बस्त्र (ब्रा, पेन्टि) प्रहरीले बरामद गरेको हो ।

प्रहरी स्रोतका अनूसार, मोनु र आरिफले ती बस्त्र नेपाल भित्रयाएका  हुन् ।

प्रहरीलाई देख्नासाथ बस्त्र छाडेर तस्कर फरार भएको बताइएको छ । ४ हजार ४ सय ६३ पिस ती बस्त्रको भन्सार मुल्य ६ लाख ६९ हजार ४५० रहेको प्रहरीले जनाएको छ ।

  • ७ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech