त्रिभुवन चौकमा गोलि चल्यो

असल शासन प्रतिनिधि

नेपालगन्ज/आईतवार राती नेपालगन्जको मुटु त्रिभुवन चोकमा गोलि चलेको छ ।

युवाहरुको सामान्य झगडामा गोली हान्ने धम्की दिंदै फायर खोल्नेलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

तिहारको बेला पटाका पट्किरहेका बेला चलेको गोलिको आवाज प्रहरीले थाहा नपाउँदा गोलि चलाउने युवा भाग्न सफल रहेको बताईएको छ ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले गोलि चलाएर भाग्ने युवालाई खोजिरहेको बताए ।

  • ७ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech