राष्ट्रिय अपांग महासँघको केन्द्रीय अध्यक्षमा आचार्यको उम्मेद्वारी

महाधिवेशन नेपालगन्जमा हुँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि क्रियाशिल गैरसरकारी संस्थाहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालको केन्द्रीय अध्यक्षमा बाँकेका देबिदत्त आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् ।

मंसिर १३ र १४ गते नेपालगन्जमा हुने महासँघको ९ औं महाधिबेशन तथा २१ औं साधारणसभा हुनु एक महिना अगाबै आचार्यले उम्मेद्वारी घोषणा गरेका हुन् ।

नेपालगन्जको मेरो प्लानेटमा हुने महाधिवेशनमा ७७ जिल्लाका ४ सय संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

दुई दशक देखि अपांगता भएका व्यक्तिहरुको हकहितका लागि क्रियाशिल आचार्य बिभिन्न समूहहरूमा आबद्ध हुँदै सामाजिक संस्थाहरुमा संलग्न भएका हुन् । अधिकारमुखि अवधारणा बिज्ञ मानिने आचार्य सामुहिक वकालतमा अब्बल मानिन्छन् ।
नवजीवन अपांग केन्द्र कोहलपुरको अध्यक्ष, डेक नेपालको अध्यक्ष हुँदै हाल उक्त संस्थाको कार्यकारी निर्देशकको रूपमा उनी कार्यरत छन् ।

२०५८ सालमा राष्ट्रिय अपांग महासंघ नेपालको मध्यपश्चिम क्षेत्रको तदर्थ समितिको कोषाध्यक्ष रहेका उनी २०६० देखि २०६८ साल सम्म क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा रहे । उनले दोश्रो कार्यकालको पनि नेतृत्व लिए २०६८ माघ देखि २०७४ असोज ३० सम्म ।

दुई कार्यकाल महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेक उनी २०७४ साल असोज ३० गते लुम्बिनी प्रदेशको अध्यक्षमा निर्वाचित भए । २०७९ जेष्ठ ३० सम्म प्रदेश अध्यक्ष रहेका उनले नेतृत्व हस्तान्तरण गरे । हाल लुम्बिनी प्रदेशको अध्यक्ष होमनाथ अधिकारी छन् ।

२०६० देखि हाल सम्म महासँघको नेतृत्वमा रहेका उनले हरेक निर्वाचन जितेका थिए ।

राष्ट्रिय अपाङ्ग कोषको एक कार्यकाल सदस्य रहेका उनी राष्ट्रिय शारीरिक अपाङ महासँघको केन्द्रीय कोषाध्यक्ष छन् ।

हाल सम्म तीन जना केन्द्रीय अध्यक्षको उम्मेदवार रहेकोमा एक उम्मेदवारले आचार्यलाई समर्थन गरेका छन् । जसबाट पनि उनी बलियो उम्मेदवारको रुपमा अघि आउन सहज भएको छ ।

दुई दशक लामो सामाजिक जीवनमा निर्वाचन नहारेका आचार्यको यस पटक पनि पल्ला भारी हुने निश्चित प्रायः छ ।

  • ७ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech