शैक्षीक तथा मनोरञ्जनात्मक सामाग्रीसँग रमाउदै बालवालिका

असल शासन प्रतिनिधि

धनगढी । कैलालीको धनगढी उपमहानरपालिका ६ मट्यारीमा रहेको भैरबबाबा आधारभुत विद्यालयमा शैक्षीक, खेलकुद तथा मनोरञ्जन सामाग्री (किट बक्स) हस्तान्तरण गरिएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालले मंगलबार सो सामाग्री हस्तान्तरण गरेको हो । कक्षा १ देखी ८ सम्म अध्ययन हुने उक्त विद्यालयको सर्वागिङण विकासको लागी सामाग्री हस्तान्तरण गरिएको बास नेपालले जनाएको छ ।
उक्त किट बक्समा विद्यार्थीहरुका खेलौना, भलिबल, फुट्बल, विभिन्न शैक्षीक सामाग्री, विद्यालय कक्षाकोठाका लागि आवश्यक चार्टहरु, विद्यार्थीहरुको लागि आवश्यक पर्ने खेलकुद तथा मनोरन्जका सम्पुर्ण सामाग्रीहरु रहका छन् ।


किट बक्स बुझ्दै विद्यालयका प्रधानाध्यापक डबल बहादुर बमले विद्यालयलाई प्रदान गरिएको उक्त सामाग्रीले आफुहरुलाई शिक्षण सिकाई तथा अध्यापनमा सहजिकरण हुने बताए । उनले आफ्नोे विद्यालयको आर्थिक स्रोत कमजोर रहेको र विद्यालयलाई आवश्यक पर्ने सामाग्रीहरु खरिद गर्न नसक्ने अवस्थामा बास नेपालले ठुलो सहयोग गरेको बताए ।
यस्तै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भिखलु रानाले आफ्नो विद्यालयलाई आएको उक्त सामाग्रीले ठुलोे राहातले हुने बताए । उनले विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुलाई शैक्षीक तथा मनोरञ्जन सामाग्रीले सिकाई प्रक्रियामा परिर्वन आउने धारणा राखे ।
हस्तान्तरण कार्यक्रममा पत्रकार श्रवण देउवा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
उक्त विद्यालयमा दलित, राना थारु र गरिब विपन्न परिवारका १ सय ५६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

  • १५ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech