दर्ता बिनाका क्लिनिकबाट म्याद नाघेको औषधी बिक्री

असल शासन प्रतिनिधि

कञ्चनपुर / दोधारा चाँदनीमा बङ्गालीले सञ्चालन गर्दै आएका दर्ता बिनाको क्लिनिकबाट म्याद नाघेका औषधी बिक्री हुने गरेको भेटिएको छ । दोधारा चाँदनी नगरपालिका वडा नम्बर –१ मिलनचौकमा क्लिनिक सञ्चालन गर्दै आएका भारतका बिसाल गायकले म्याद नाघेको औषधी बिक्री गरेको भेटिएको हो ।

दोधारा चाँदनी नगरपालिका वडा नम्बर –१ पशुपती टोलका स्थानीय सर्जन सार्की बिरामी पर्दा उक्त किलनिकबाट एसेक्लोफिनान्स प्यारा सिटामोल लगायतका म्याद नाघेको औषधी दिएको बताए । औषधी लिएर घरमा जाने क्रममा भाइले यो के को औषधी हो दाइ भनेर हेरेपछि बिसालले आफुलाई एक महिना अघिनै म्याद नाघेको औषधी दिएको जानकारी भएको बताउदै सार्कीले भने “आमा, भाउजु र श्रीमति बिरामी हुँदा बिसाल गायकको क्लिनिकमा नै लिने गथ्र्यौ आफुलाई औषधीको वारेमा केही थाहा हुँदैन, जे औषधी दिएपनि नहेरेर नै लिने गथ्यौँ, आज आफुलाई रुघा खोकी लागेपछि बिसाल गायकको क्लिनिकमा नै औषधी लिन आउँदा एक महिना अघि नै म्याद नाघेको औषधी दिएको थाहा भयो” ।

बिसाल गायकले भारतबाट म्याद नाघेका औषधी फ्रिमा ल्याएर नेपालमा बेच्ने गरेको अधिकाशं स्थानीय बताउँछन् । बङ्गालीले झण्डै बीस वर्ष देखि मिलनचोक बसेर गैर कानुनी रुपमा औषधी बिक्री वितरण गर्दै आएको दोधारा चाँदनी नगरपालिका वडा नं.–१ पशुपति टोलका स्वास्थ्यकर्मी गङ्गादत्त अवस्थी बताउछन् । यहाँका स्थानीय धेरै सोझा भएकोले बिकास गायकले डबल डोज औषधी दिएर उनीहरुको स्वास्थ्यलाई समेत असर गर्दै आएको समेत बताउनुभयो ।

सिएमए, एचए तथा डाक्टरको केही अध्ययन नगरेका बिसाल गायक बिगत बीस वर्ष देखि दोधारा चाँदनी –१ को मिलनचोकमा क्लिनिक सञ्चालन गर्दै आएका छन् । बङ्गाली बिसाल गायकले सामान्य बिराममा पनि कडा खालको औषधी प्रयोग गर्दै आएको स्थानीय बताउँछन् मानिसको स्वास्थ्यमाथी यसरी लापरवाही गर्ने बिसाल गायकलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने स्थानीयको माग छ । दाल चामल नुन तेल लगायतका दैनिक उपभोग्यका खाद्यान सामाग्री बेच्दै आएका खुर्दा तथा होलसेल व्यापारीलाई भने स्थानीय सरकारले पसल दर्ता गर्नु पर्छ भन्ने गर्छ । तर गैरकानुनीरुपमा सञ्चालन आएका ती क्लिनिकलाई भने अहिले सम्म कुनै कारबाही नगरेको स्थानीय बताउँछन् ।

दोधारा चाँदनी नगरपालिकाले भने गत असोजमा नै दर्ता बिनाका क्लिनिक सबै बन्द गर्ने र दर्ता गरेका क्लिनिक मात्र सुचारु गर्ने दर्ता नभएका क्लिनिकहरु कात्तिक ७ गते भित्र दर्ता गरिसक्नु पर्ने सूचना गरेको थियो । गैरकानुनीरुपमा सुचारु हुँदै आएका ती क्लिनिक तुरुन्तै बन्द गर्ने र समयमै नगरपालिका लगायत सम्बन्धित् निकायमा दर्ता गरेर मात्र सुचारु गर्ने यदि नगरपालिकाको यो निमयलाई अटेर गरेर पुन गैरकानुनीरुपमा क्लिनिक सञ्चालन गरेको पाइएमा ती क्लिनिकलाई तुरुनतै बन्द गर्ने दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गा जोशीको भनाइ छ । तिहारको समय भएकोले हामीले छिटो अनुगमन गर्न नसकेकोले यती बेला तुरुन्तै दर्ता बिनाका क्लिनिक फेरि अनुगमन गर्ने जोशीले बताइन् । एक महिना अगाढी मात्र दोधारामा सञ्चालन गर्दै आएको क्लिनिकहरुको अनुगमन गर्दा अधिकाशं क्लिनिक गैरकानुनी रुपमा सुचारु गर्दै आएको भेटिएपछि सो क्लिनिक तुरुन्तै बन्द गराएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पहलमा औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जको कर्मचारी समेत दोधरामा पुगेर अनुगमन गर्दा अधिकाशं क्लिनिक गैरकानुनीरुपमा सञ्चालन गरेको पाइएकोले ती क्लिनिकलाई लगत्तै बन्द गराइएका हुन् । फेरि पनि स्थानीयबाट यो गुनासो आएकोले औषधी व्यवस्थापन विभागको शाखा कार्यालय नेपालगञ्जलाई समन्वय गर्दै एक पटक पुन अनुगमन गर्ने र यदि भेटिएमा उनीहरुलाई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाढी बढाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अ¥यालले बताए ।

 

  • १८ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech