स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनमा जोड

असल शासन प्रतिनिधि

नेपालगन्ज/  बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले नेपालगन्ज क्षेत्रमा अबैध हातहतियार भित्रिएको समाचारमा सतयता नभएको बताएका छन् । शुक्रबार ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले आयोजना गरेको स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै खत्रि र अधिकारीले यस्तो बताएका हुन् ।

नेपालगन्जको त्रिभुवन चोकमा यही कार्तिक ६ गते मध्यराति गोली चलेको थियो । नेपालगन्जका दुई आपराधिक गिरोहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको अर्को गिरोहले करिब १२ बजे हवाई फायर गरेर भागेको थियो । सो घटनापछि बाँकेमा अबैध हतियार भित्रिएको भन्दै त्रास छाएको थियो । निर्वाचनको मखैमा अपाराधिक गिरोहमार्फ नेपालगन्जमा अबैध हतियार भित्रिएको र जस्का कारण आम नागरिकहरुमा त्रास पैदा भएको समाचारहरु आइरहेको बेला बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख अधिकारीले नेपालगन्जमा हतियार भित्रिएको भन्ने विषय हल्ला मात्रै भएको बताए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउन प्रहरी प्रशासनको मात्रै नभएर सबैको सहयोग आवशयक रहको बताउदै शान्तिपुर्ण निर्वाचनका लागि राजनीतिक दलहरु बढी जिम्मेवार हुनुपर्नेमा उनिहरुको जोड थियो ।

बाँकेको शान्ति, सुरक्षा र अपराधिक गिरोहमाथि प्रहरी प्रशासनले निगरानी राखेको र कुनै प्रकारको हातहतियार नभित्रिएको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले यस्ता खालका घटना हुन नदिन आफु संवेदनशिल भएको बताए । अन्तर संवाद कार्यक्रममा चुनावको मुखमा हतियार तथा विस्फोटक पदार्थ भित्रिन सक्ने र शान्ति सुरक्षमा खलल पुग्ने गतिबिधि हुन सक्ने भन्दै अधिकारबादीहरुले चिन्ता ब्यक्त गरेका थिए । देशक सुरक्षा संवेदनशीलताका आधारमा बाँकेको नेपालगन्ज उच्च जोखिममा रहेको अधिकारकर्मिहरुले बताएका थिए ।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, मानव अधिकारकर्मि, नागरिक समाजका प्रतिनिधि, कानुन ब्यवसाय, सञ्चारकर्मि लगायतले मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउन सबै पक्षको भुमिका महत्वपुर्ण रहेको बताएका थिए ।

  • १८ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech