भूकम्पले घर भत्कीदा डोटीमा ६ जनाको मृत्यु

उद्धार कार्य जारी थप विवरण आउन बाकी

असल शासन प्रतिनिधि

डोटी । बुधबार मध्यराति आएको भुकम्पमा परी सुदुरपश्चिमको डोटीमा ६ जनाको मृत्यु भएको छ।
राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ को गैरागाउमा ६ जनाको मृत्यु भएको बताईएको छ ।


डोटीबाट स्थानीय सरिता कठायतले दिएको जानकारी अनुसार भूकम्पमा परी पूर्बीचौकीका भगवतीदेवि बोहरा, ७ वर्षीय हर्क बोहरा,१४ वर्षीय सिता बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
भुकम्पका कारण उक्त स्थानमा ८ घरमा पूर्ण क्षती भएको प्रारम्भिक जानकारी प्राप्त भएको डोटीबाट गणेश मौनीले जानकारी दिएका छन् । घट्ना स्थलमा स्थानीयबासी, नेपाल प्रहरी र नेपाली सेनाले उद्धार कार्य गरीरहेको जनाईएको छ । ५ जना गम्भीर घाईते भएको जनाईएको छ । सुदुरपश्चिम प्रदेशमा नेपाल प्रहरीलाई घट्नाहरुको जानकारीका लागि अलर्ट गरिएको बताईएको छ ।

  • २३ कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech