भुकम्पले तहसनहस

यस्तो छ पूर्बीचौकीको क्षति

असल शासन प्रतिनिधि

डोटी/कार्तिक २२ गते राति सवा २ बजे गएको बिनाशकारी भुकम्पले गर्दा डोटीको पूर्बीचौकी गाउँपालिकामा ठुलो क्षति भएको छ ।

पूर्बिचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका ६ जनाले उक्त घटनामा परि ज्यान गुमाएका छन् भने ७ जना घाईते भएका छन् । भुकल्पबाट भएको क्षतीको बिस्तृत विवरण संकलन गर्ने कार्य भईरहेको र हाल सम्मको प्रारम्भिक तथ्यांक अनुसार ४४ घरमा पूर्ण क्षती भएको छ । ४४ घर परिवारका २०९ जना प्रत्यक्ष रुपमा प्रभाबित भएका छन् । भुकल्पले उक्त स्थानमा अधिकांश घरहरु चर्कीएका छन् जसका कारण घरमा बस्न मिल्ने अवस्था छैन । यसरी भुकल्पबाट प्रभावितलाई त्रिपाल मुनी बस्ने ब्यवस्था गरिएको छ । गाउँपालिका, स्थानिय सरकार, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सरोकारवाला निकायहरुले उद्दार तथा राहातका कामलाई अगाडी बढाएको छ ।

एकएक आएको विपतीबाट प्रभावितहरुलाई तत्काल सहयोग आवश्यक रहेकाले त्यसका लागि तयार रहन स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार विभिन्न सरकारी गैरसरकारी संघ संस्था र ब्यक्तिहरुलाई स्थानीय सरकारले अपिल गरेकोछ । हाल एकद्धार प्रणाली मार्फत सहयोग संकलनको कार्य गरिरहेको र अत्यावश्यक ब्यवस्थापनको कार्य भईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रभावित क्षेत्रमा डोटी जिल्ला स्थित नेपाली सेना र प्रशासनसहितको संयुक्त अनुगमन टोलीमा बासका डोटी जिल्ला अध्यक्ष गणेश बहादुर मौनीले फिल्डमा गएर पैभावित क्षेत्रको अवलोकनसँगै अवस्थाको आँकलन गरेर फर्किएका थिए ।

प्रभावितहरुको आधारभुत आवश्यकता खाध्यान्न, लत्ता कपडा लगायतको ब्यवस्थापन गर्नुपर्ने, प्रभाबित क्षेत्रमा रहेका महिला, बालबालिका, बृद्धबृद्धा, दिर्घरोगीहरुको स्वास्थ्य उपचारको विशेष ब्यवस्था गर्नुपर्ने, आवश्यकता अनुसार शौचालय, खानेपानी र जनावरहरुको बास स्थानको ब्यवस्थापन गर्नुपर्ने, राहात, सहयोग रकम बितरण गर्नुपर्ने, पीडितहरुले आफन्त र छिमेकी गुमाएको उनीहरु त्रसित अवस्थामा रहेका छन् जसले मनोसामाजिक बिमर्श कक्षाको ब्यवस्थापन जरुरी छ ।

चिसो मौसम शुरु भएकाले पूर्ण रुपमा क्षती भएका ४४ वटा घर तत्काल पुर्ननिमार्ण गर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

भुकल्पबाट भएको मानविय क्षती :

घर भत्कीएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जसमा वर्ष ४० की भगवती देबी बोहरा उनकी १२ बर्षिया छोरी सिता बोहरा, ८ बर्षिया छोरी हर्क बोहरा रहेका छन् । उक्त घट्नामा परि कक्षा ४ मा अध्ययनरत धौली बोहरा बाचेकी छिन् । हाल मृतक ४० बर्षिया भगवती बोहराका श्रीमान २ बर्ष देखि भारतमा काम गर्दै आएका छन् ।

यसैगरी गैरागाउँका ५० बर्षिया प्रेम सिंह बोहरा र उनकी १३ बर्षिया छोरी तुलसी बोहरा मृत्यु भएको छ । भने उनकी श्रीमती बिस्नादेबी बोहरा घाईते भई धनगढीमा उपचार भईरहेको छ । उनका छोरा बल बहादुर बोहरा, कक्षा १० मा अध्यनरत, गंगा बोहरा कक्षा ९ मा अध्ययनरत छन् ।

 

  • २५ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech