भएन केपिको पत्रकार सम्मेलन

असल शासन प्रतिनिधि

एमाले अध्यक्ष केपि ओलीको उपस्थितिमा नेपालगन्ज बिमानस्थलको बिशिष्ट कक्षमा हुने भनिएको पत्रकार सम्मेलन एकाएक रद्द भएको छ ।

सुर्खेत लगायतका जिल्लाको भ्रमण सकेर हेलिकप्टरबाट नेपालगन्ज आईपुगेका ओलीको उपस्थितिमा पत्रकार सम्मेलन गरिने भनि पत्रकाहरुलाई बिमाननस्थल बोलाईएको थियो, प्रेस चौतारीले व्यानर समेत लगाईसकेको थियो । ओलि बिमान्स्थल ओर्ले, मुसुक्क मुस्कुराउँदै अभिवादन गरे, सुरक्षाकर्मी र कार्यकर्ताहरुको घेरामा रहेका उनी सरासर गाडी चढेर बिमानस्थलबाट एकाएक बाहिरिएपछि सम्मेलन रद्द भयो । यसो किन भयो रु आधिकारिक कुरा सार्बजनिक भएको छैन ।

  • २७ कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech