गेरुवाले गर्यो सामाजिक परिक्षण

असल शासन प्रतिनिधि

बर्दिया/गेरुवा ग्रामीण जागरण संघ बर्दियाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गुलरिया बर्दियामा सम्पन्न सामाजिक परिक्षण कार्यक्रममा सामाजिक परीक्षक नमस्कार शाहले प्रारम्भिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक हरि सुवेदी, संस्थाका कार्यक्रम संयोजकहरु सुमित्रा पौडेल, रामरुप कौशल, ध्रुव खत्री र गफ्फार अलिले संस्थाले सञ्चालन गरेका परियोजनाहरुको प्रगति प्रतिबेदन प्रश्तुत गरेका थिए भने सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षणको प्रतिबेदन प्रश्तुत गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका अधिकृत कृष्ण चौधरी, गुलरिया नगरपालिकाका अधिकृत मुकुन्द अर्याल, ठाकुरवावा नगरपालिकाका अधिकृत बिष्णु ज्ञवाली लगायतले प्रश्तुत प्रतिबेदन बारे आआफ्नो सुझाव दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति, बर्दियाका संयोजक सुर्य बहादुर बिष्ट, मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाट, गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, गेरुवा ग्रामिण जागरण संघ बर्दियाका संस्थापक सचिव अरुण सिंह राठौर लगायतको सहभागिता रहेको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, बर्दियाका संयोजक सुर्य बहादुर बिष्टले गेरुवाले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको बताएका थिए ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष कृष्णजँग शाहले संस्थाबाट ८ वटा परियोजना मार्फत खानेपानी, सरसफाई, युवा, किशोरी, बालबालिका, महिला स्वास्थ्य, शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले सहभागिहरुका सुझावलाई कार्यान्वय गर्दै अघि बढ्ने बताएका थिए । शाहले बिगत लामो समय देखि सामाजिक बिकासमा संस्थाले उल्लेख्य कार्य गरेको बताएका थिए ।

  • २७ कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech